 
	    काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरोमा परी दार्चुलाको नौगाड गाउँपालिका ६ का २ जना बेपत्ता भएका छन् ।
गएराति पहिरोमा परी ३५ वर्षीया मानमती ठगुन्ना र उनकी ६ वर्षीया छोरी रेवती बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
पहिरोले विद्यालय भवनसहित ३ वटा पानी घट्ट पनि बगाएको छ । पहिरोमा परी बेपत्ता भएकाहरूको खोजी भइरहेको छ ।
वर्षा नरोकिएकाले गाउँपालिकावासी अहिले बाढी र पहिरोको त्रासमा छन् ।
यता, बाढीले बाजुराको ताप्रिसेराको पक्की पुल बगाएको छ ।
साँफे मार्तडी सडक खण्डअन्तर्गत बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर २ को ताप्रिसेरा घट्टेखोलामा रहेको पक्की पुल बाढीले बगाएको हो ।
पक्की पुल बगाएपछि आवागमन पूर्णरुपमा बन्द भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक टकंप्रसाद भट्टराईले बाढीले पुल बगाएपछि यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको जानकारी दिनुभएको छ ।
साँफे मार्तडी सडक खण्डको डुङ्ग्रीमा २ साता अघि गएको पहिरोले सडक समेत भासिएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्