Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


त्रिविको सम्पूर्ण परीक्षा फागुन मसान्त भित्र


0
Shares

काठमाडौं, साउन ४ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमा मात्रै परीक्षा लिने तयारी गरेको छ ।

त्रिविको रोकिएका र अब सञ्चालन गर्नुपर्ने परीक्षा सञ्चालनका लागि सुझाव दिन गठन भएको समितिले परीक्षा सुधार तथा समन्वय परिषद्मा पेश गरेको प्रतिवेदनमा परीक्षाका लागि अनलाइन, भौतिक उपस्थिति, विद्यार्थीले घरमै लेखेर ल्याउन सकिनेलगायतका विकल्पसहित सुझाव दिएको छ ।

तर त्रिविले भने विद्यार्थीको भौतिक उपस्थितिमा मात्रै परीक्षा लिने तयारी गरेको हो । यद्यपि परीक्षा प्रणालीको सम्बन्धमा सम्बन्धित संकायका डीनको कार्यालयले निर्णय लिन सक्ने बताइएको छ ।

परीक्षा तालिकालगायतका थप विषयमा परीक्षा सुधार तथा समन्वय परिषद्ले आवश्यक निर्णय लिने त्रिविले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयले फागुन मसान्तभित्र सञ्चालन गर्नुपर्ने सम्पूर्ण परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।

कोरोना भाइरस संक्रमणका कारण स्थगित परीक्षा भने असोजभित्र सञ्चालन गर्ने तयारी छ ।

त्रिविमा नियमिततर्फ करिब ४ लाख र आंशिकतर्फ २ देखि ३ लाख गरी करिब साढे ६ लाख परीक्षार्थी रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।