
दिपक श्रेष्ठ र लक्ष्मणमान डंगोल (ईमेज)
काठमाडौं साउन ४ । कोरोनाको महामारी बढेसँगै विदेशका रहेका नेपालीलाई सरकारले धमाधम उद्दार गरिरहेको छ ।
विभिन्न प्रदेशका उनीहरुलाई काठमाडौं ल्याएलगत्तै होल्डिङ सेन्टरमा राखेर सम्बन्धीत स्थानीय तहको जिम्मा लगाइँदै आएको छ ।
यसका लागि काठमाडौं, ललितपुर र भक्तपुरमा सातै प्रदेशका होल्डिङ सेन्टर स्थापना भएका छन् ।
कोरोनाको महामारी बढेसँगै वैदेशिक रोजगारी, अध्ययन वा अन्य कामका लागि विदेशमा रहेका नेपालीहरुलाई सरकारले समन्वय गरेर स्वदेश फर्काइरहेको छ ।
स्वस्थ्य र सुरक्षित तरिकाले उनीहरुलाई आ–आफ्ना स्थानीय तहमा बनाइएका क्वारेन्टिनमा पुग्नुअघि काठमाडौंमा रहेका होल्डिङ सेन्टरमा राखिने गरेको छ ।
हालसम्म सरकारले २९ हजार भन्दा बढी नेपालीलाई स्वेदश फर्काइसकेको छ ।
यही श्रावण २ गते सम्मको तथ्यांकअनुसार प्रदेश १ मा ६ हजार १ सय ५१, प्रदेश २ मा ४ हजार ७ सय ५९, बागमती प्रदेशमा ८ हजार ६ सय २७, गण्डकी प्रदेशमा ३ हजार ८ सय ६७, ५ नम्बरमा ४ हजार ९ सय ८२, कर्णाली प्रदेशमा ६ सय ६८ र सुदूरपश्चिम प्रदेशमा ७ सय ३५ जनाको उद्दार भइसकेको छ ।
सबै भन्दा बढी बाग्मती प्रदेशमा नेपालीहरु स्वदेश फर्किएका छन् ।
स्वदेश फर्किएका नेपालीहरुलई विमानस्थलबाटै होलिडङ सेन्टर हुँदै सम्बन्धित स्थानस्ीय तहसम्म पुर्याउन नेपाली सेनाले सहयोग गर्दै आएको छ ।
होल्डिङ्ग सेन्टरमा आउनेलाई खानाको व्यवस्था भने विभिन्न गैरसरकारी संस्थाहरुले सहयोग गर्दै आएका छन् ।
विदेशमा रहेका नेपालीको उद्दार गरेर सम्बन्धित स्थानीय तहमा पुर्याउनुअघि रहने होल्डिङ सेन्टरको व्यवस्थापन नेपाली सेना र नेपाल प्रहरीले गर्दै आएको छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्