निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउदै पोल्याण्डमा विरोध प्रदर्शन • Image Khabar Image Khabar


निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउदै पोल्याण्डमा विरोध प्रदर्शन


Imagekhabar
२ श्रावण २०७७, शुक्रबार १८:३५

निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउदै पोल्याण्डमा विरोध प्रदर्शन

काठमाडौं, साउन २ । पोल्याण्डमा राष्ट्रपतिय निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउदै विपक्षीहरुले विरोध प्रदर्शन गरेका छन् ।

प्रमुख विपक्षी गठबन्धन सिभिक कोलिसन र निर्वाचनमा पराजित उम्मेदवार राफल टोस्कोवस्कीका समर्थकहरुको आह्वानमा प्रदर्शन भएको हो ।

उनीहरुले नतिजा अस्वीकार गर्ने जनाएका छन् ।

टोस्कोवस्कीका तर्फबाट सर्वोच्च अदालतमा उजुरी समेत दायर गरिएको छ ।

उजुरीमा निर्वाचित वर्तमान राष्ट्रपति अन्ड्रजेज डुडाले निर्वाचनमा धाँधली गरेको आरोप लगाइएको छ ।

गत आइतबार सम्पन्न निर्वाचनमा डुडाको पक्षमा ५१ दशमलव ०३ प्रतिशत र टोस्कोवस्कीको पक्षमा ४८ लशमलव ९७ प्रतिशत मत आएको निर्वाचन आयोगले जनाएको थियो । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्