
काठमाडौं, असार ३० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले आर्थिक क्रान्ति र समृद्धि अबको गन्तव्य भएको बताएका छन् ।
शनिबार नेपाल जैन परिषद्ले काठमाडौंमा गरेको कार्यक्रममा उनले राजनीतिक क्रान्ति सकिएको भन्दै सरकार र पार्टीको ध्यान आर्थिक समृद्धिमा केन्द्रित भएको उल्लेख गरे ।
मुलुकमा राजनीतिक परिर्वतन भएपनि जनताको जीवनस्तरमा परिवर्तन नभएको भन्दै उनले अबको समृद्धि र विकास जनताका लागि हुनुपर्ने बताए ।
सबै धर्मको उद्देश्य शान्ति र अहिंसा भएको भन्दै खनालले सद्भाव कायम गरेर समृद्ध नेपाल निर्माणमा जुट्न आग्रह गरे ।
नेपाली कांग्रेसका नेता सञ्जय गौतमले परिवर्तनका मुद्दालाई सरकारले आत्मसात् गर्न नसक्दा जनता निराश भएको बताए ।
उनले मुलुक डुबानमा हुँदासमेत सरकार उद्धार र राहतमा नजुटी रमिते भएको आरोप लगाए ।
‘उत्क्रान्ति-एक आह्वान जागृति शान्ति प्रवचन’ कार्यक्रममा महेन्द्रजी मुकीमले प्रवचन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्