काठमाडौं, जेठ १९ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राष्ट्र सेवक कर्मचारीले सडक आन्दोलन गरे स्वीकार्य नहुने बताएका छन् ।
आज राजधानीमा आयोजित निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको भेलामा उनले राज्यले लगानी गरेपछि प्रतिफल खोज्नु स्वाभाविक हुने बताए । प्रतिफल नदिने राष्ट्रसेवक नाम मात्रको हुने उनको भनाइ थियो।
मन्त्री पण्डितले टे«ड यूनियनको अधिकार कटौती भने नहुने स्पष्ट पारे ।
भेलामा सहभागीहरुले कर्मचारीको सुविधा सेना, प्रहरी र शिक्षकको जस्तो हुनुपर्ने भन्दै सरुवा बढुवा प्रणाली विभेदरहित हुनुपर्ने बताए ।









प्रतिक्रिया दिनुहोस्