Logo २८ पुस २०८२, सोमबार | Mon Jan 12 2026


साझा बस बिहीबारबाट उपत्यकामा चल्ने, आठ वटा रुटका लागि २६ बस तयार


0
Shares

sajha bus kathmandu valley road drive

काठमाडौं, असार ३१ । साझा यातायातले भोलि (बिहीबार) साउन १ देखि काठमाडौं उपत्यकामा बस सञ्चालन गर्ने भएको छ ।

साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेका अनुसार सरकारले तोकेको मापदण्ड पूरा गरेर बस सञ्चालन गर्न लागेको हो ।

शुरुमा २६ वटा बसले सेवा दिनेछन् । यात्रुको चाप बढेमा अरु बस पनि सञ्चालन गरिने पाण्डेको भनाइ छ ।

साझाले हरेक बिहान सञ्चालन हुने प्रत्येक बसलाई सेनिटाइज गर्ने र यात्रुलाई मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरिएको छ ।

साझाका बसहरु सञ्चालन हुने रुटहरु

लगनखेल, रत्नपार्क, टिचिङ हुँदै नयाँ बसपार्क

लगनखेल, रत्नपार्क, टिचिङ हुँदै बुढानिलकण्ठ

गोदाबरी, लगनखेल हुँदै रत्नपार्क

लामाटार, लगनखेल हुँदै रत्नपार्क

लगनखेल, सातदोबाटो, कलंकी हुँदै थानकोट

लगनखेल, नयाँ बानेश्वर, चाबहिल हुँदै नयाँ बसपार्क

रत्नपार्क, कलंकी, स्वयम्भू हुँदै बालाजु

रत्नपार्क, नयाँ बानेश्वर, कोटेश्वर हुँदै सूर्यविनायक