मेलम्चीको सुरुङ फुट्दा बाढी आएर दुई बेपत्ता • Image Khabar Image Khabar


मेलम्चीको सुरुङ फुट्दा बाढी आएर दुई बेपत्ता


Imagekhabar
३० असार २०७७, मंगलवार १४:०२

मेलम्चीको सुरुङ फुट्दा बाढी आएर दुई बेपत्ता

सिन्धुपाल्चोक । मेलम्ची खानेपानीको काठमाडौं पानी पठाउने सुरुङको गेट फुट्दा आएको बाढीले दुई जना मानिस र एक गाडी बगाएको छ ।

सुरुङ फुटेर पानी फर्कदा सवारी चालक राधाकृष्ण थापामगर र इन्जिनियर सतिस गोहितलाई बगाएको हेलम्बु गाउँपालिका अधयक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

सुरुङको १७ नम्बरको गेट फुट्दा काठमाडौं जानुपर्ने पानी मेलम्ची खानेपानीको मुहान तर्फ नै फर्कदा दुई जना घाइते भएका छन् ।

घाइते दुई शेखर खनाल र दावा लामालाई उद्धार गरि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ । उनीहरुलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भएको हेलम्बु गाउँपालिका अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

गेट फुटेपछि आएको बाढीले बा १ झ ८७६४ नम्बरको हाइलक्स गाडी समेत बगाएको छ । मेलम्ची खानेपानी आयोजनाले एक साता पहिलेदेखि सुरुङ परिक्षण गरिरहेको छ ।

मेलम्ची खानेपानी आयोजना हेलम्बु गाउँपालिकामा पर्छ । विस्तृत विवरण आउन बाँकी

प्रतिक्रिया दिनुहोस्