मकवानपुर । हेटौंडा बजारस्थित इलेक्ट्रोनिक सेन्टरका संचालक उमेश घिमिरेले सुन्दै अचम्म लाग्नेगरी गरेको चोरीको नाटक विफल भएको छ ।
आफ्नै पसलको सामान र नगद लुकाएर चोरी भएको भन्दै बिमा असुल्न घिमिरेले रचेको नाटकीय योजना प्रहरीले विफल पारेको छ ।
घट्ना जेठ ८ गतेको हो । हेटौंडा बजारमै रहेको घिमिरे इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक सेन्टरमा अचानक चोरी भन्दै प्रहरीमा उजुरी पर्यो ।
संचालक घिमिरेले पसलमा चोरी भएको भन्ने हल्ला फिंजाई पत्रकार सम्मेलनमार्फत मिडियाबाजी समेत गरेका थिए ।
जेठ ११ गते उमेशका दाजु रुद्रप्रसाद घिमिरेले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा चोरीको विवरण दिए ।
निवेदनमा १७ लाख ३० हजारको वाइरिङ तार ३१ बोरा, दुई लाखको एलइडी बत्ती १२ कार्टुन, एक लाख १८ हजारको सिलिंङ पंखा चार कार्टुन र नगद तीन लाख १२ हजारसहित ३२ लाख ९२ हजार रुपैंयाँको चोरी भएको उल्लेख थियो । -नागरिक दैनिकबाट










प्रतिक्रिया दिनुहोस्