
प्रधानमन्त्री केपी शर्मा ओली । फाइल तस्वीर ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रख्यात अभिनेता अमिताभ बच्चन र उनका छोरा नायक अभिषेक बच्चनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
विश्वब्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका ७७ बर्षीय अमिताभ र उनका छोरा ४४ बर्षीय अभिषेकको स्वास्थ्य राम्रो र छिटो निको होस भन्दै प्रधानमन्त्री ओलीले कामना गरेका हुन ।
प्रधानमन्त्री ओलीले आइतबार ट्वीटरमा दुवै बाबु–छोरालाई ट्याग गर्दै त्यस्तो कामना गरेका हुन । बच्चन बाबु–छोराले कोरोना परीक्षण गराउँदा शनिबार संक्रमण पुष्टि भएको थियो । अन्नपूर्ण पोष्ट दैनिकबाट










प्रतिक्रिया दिनुहोस्