Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


नक्कली धनी बनाएर गैरनेपालीलाई जग्गा बिक्री, १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


0
Shares

काठमाडौं । अख्तियारले गैरनेपाली नागरिकलाई नक्कली जग्गाधनी बनाएर जग्गा बेचबिखन गर्ने सहयोग गरेको अभियोगमा मालपोत कार्यालय नवलपरासीका मालपोत अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

आयोगले तत्कालीन मालपोत प्रमुख टीकाराम ज्ञवाली, तत्कालीन भूमिसुधार अधिकारी ईश्वरप्रकाश कलवार, तत्कालीन मालपोत अधिकृत मनोहरप्रसाद पन्थी, तत्कालीन नायब सुब्बा बुद्धिसागर तिवारी, रमेशमान श्रेष्ठ, तत्कालीन गाविस सचिव नन्दलाल दास, बुद्धिसागर सुवेदी, नन्दलाल कुम्हाल कोहर, तत्कालीन कम्प्युटर अपरेटर सुवास खड्का, तत्कालीन खरिदार नेत्रबहादुर चौधरी, अमृतकुमार काम्मु मगर, खगेन्द्र पराजुली र गेरमी गाउँपालिका–५ बस्ने रविकुमार खत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

उनीहरूविरुद्ध जनही ५ करोड ५ लाख ४२ हजार बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दर्ता भएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

नवलपरासी साविक सनई गाविस–८ ख कि.नं. १२१, २५१, २९७ समेतका जग्गा हदबन्दी रोक्का रहेकामा नक्कली जग्गाधनी खडा गरी बिक्री गरेको पाइएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ । राजधानी दैनिकबाट