इन्द्रावतीले बगाउँदा तीन जना बेपत्ता, खोजी कार्य जारी • Image Khabar Image Khabar


इन्द्रावतीले बगाउँदा तीन जना बेपत्ता, खोजी कार्य जारी


Imagekhabar
२८ असार २०७७, आईतवार ०९:५२

इन्द्रावतीले बगाउँदा तीन जना बेपत्ता, खोजी कार्य जारी

विजय नेपाल,
सिन्धुपाल्चोक । काभ्रेपलाञ्चोक जिल्लाका तीन जना इन्द्रावती नदीले बगाउँदा बेपत्ता भएका छन् । शुक्रबार र शनिबार गरी तीनजना बेपता भएका हुन् ।

काभ्रेको मण्डनदेउपूर नगरपालिका वडा नम्बर १० का १३ वर्षीया बालक अभिशेक नेपाली शुक्रबार इन्द्रावती नदीमा बेपत्ता हुनुभएको हो ।

पौडी खेल्ने क्रममा बेपत्ता हुनुभएका उहाँको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर प्रयोग गरिएपनि अझै फेला पर्नुभएको छैन् ।

अभिशेक साथीहरुसँग पौडी खेल्न शुक्रवार इन्द्रावती नदीमा जानुभएको थियो । शनिबार पनि सम्फु माझी र चन्द्रबहादुर तामाङलाइ इन्द्रावती खोलाले बगाएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका ११ का वडा अध्यक्ष सुशील माझिका अनुसार उनिहरुमध्ये तामाङ सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी- ११ मा होटल व्यवसाय सञ्चालन आउँदै गर्नुभएको थियो भने माझी खेतीपातीको लागि आउने गर्नुहुन्थ्यो ।

तामाङ काभ्रे घरमा गएर सिन्धुपाल्चोक आउने क्रममा शनिबार साँझ बेपत्ता हुनुभएको हो । उहाँको झोला करिब १ किलोमिटर तल फेला परेको छ । तीनैजनाको अहिलेसम्म अतोपतो छैन् ।

प्रतिक्रिया दिनुहोस्