-प्रदिप पौडेल/ईमेज
पोखरा । गण्डकी प्रदेशमा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश क्षयरोग केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ५ जिल्लाका १४ जना पुरुषमा पोजेटिभ देखिएको हो ।
त्यस्तै, म्याग्दीको रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकामा २ जना संक्रमित फेला परेका छन् । उनीहरु दुवै ३० वर्षीय पुरुष हुन् ।
नयाँ संक्रमित पुष्टि हुनेमा स्याङ्जाका ३ जना छन् । उनीहरु चापाकोट, कालीगण्डकी र वालिङ नगरपालिकाका हुन् । उनीहरु क्रमशः २९, १९ र २० वर्षीय पुरुष छन् ।
त्यस्तै, बागलुङको बडिगाड गाउँपालिकाका १९ वर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
सोही जिल्लाकै गल्कोट नगरपालिकाका २५ र ३५ वर्षीय २ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।
कास्कीका २ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि हुनेमा पोखरा महानगरका २५ र ८५ वर्षीय २ जना पुरुष छन् ।
योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ११ सय ७६ पुगेको छ । संक्रमितमध्ये ६ सय ३३ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्