२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


विपद् व्यवस्थापन परिषद्को बैठकः बाढीपहिरोको जोखिमबारे छलफल


13
Shares

काठमाडौं । मुलुकभर बाढीपहिरोको जोखिम बढ्दै गएपछि विपद् व्यवस्थापन परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ ।

लगातारको वर्षासँगै मुलुकमा बाढीपहिरोको जोखिम बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले परिषद्को बैठक बोलाएका हुन्।

प्रधानमन्त्री अध्यक्ष रहेको समितिमा विपक्षी दलका नेतासमेत सदस्य रहने व्यवस्था छ।

बिहान ९ बजेबाट बालुवाटारमा परिषद्को बैठक जारी रहेको हो ।

बैठकमा मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरो, त्यसबाट हालसम्म भएको क्षति, बाढीपहिरोमा परेकाको उद्धार, राहत तथा थप जोखिम न्यूनीकरणलगायत विषयमा छलफल भइरहेको उनले जानकारी दिए।