Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


खेलाडी र प्रशिक्षक सम्मानित


0
Shares

काठमाडौं, जेठ १६ । विभिन्न खेलका खेलाडी तथा प्रशिक्षकहरु सम्मानित भएका छन् ।

एरा इन्टरटेनमेन्टले बिहीबार राजधानीमा एक कार्यक्रम गरी खेल क्षेत्रका विभिन्न चारजनालाई सम्मान गरेको हो ।

‘बृहत् राष्ट्रिय खेलाडी सम्मान २०७६’ नाम दिइएको यो सम्मान पाउनेहरुमा भलिबल प्रशिक्षक कुमार राई, तेक्वान्दो प्रशिक्षक तथा रेफ्री नोर्बु लामा, शारीरिक सुगठनका महेश्वर महर्जन तथा ‘नुवाकोटे टाइगर’ भनेर चिनिने रेस्लर कमल लामा रहेका छन् ।

रुसी सांस्कृतिक केन्द्रमा आयोजित कार्यक्रममा खेलाडीसम्बन्धी नाटक देखाउनुका साथै विविध सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो ।