३१ श्रावण २०८२, शनिबार | Sun Aug 17 2025


पत्रकारमाथि गालीगलौजको आरोपमा पक्राउ, समात्न खोज्दा झडप, प्रहरी घाइते


0
Shares

सुर्खेत, जेठ १६ । पत्रकारलाई गालीगलौज गरेको आरोपमा जिल्ला प्रहरीले ३२ वर्षीय ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् गत वैशाख १८ गते पत्रकारलाई तल्लोस्तरमा गाली गरी उनीहरूको इज्जतमा खलल पुर्‍याएको आरोपमा उजुरी परेकाले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

उनकाअनुसार शाहीलाई कानुनबमोजिम कारबाही गर्न नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष दुर्गा थापा र प्रदेश कमिटी अध्यक्ष गणेशकञ्चन भारतीले जिल्ला प्रहरी कार्यालयमार्फत् काठमाडौंस्थित महानगरीय प्रहरी परिसरमा लिखित जाहेरी दिएका थिए ।

सोहीबमोजिम शाहीविरुद्ध विद्युतीय अपराधअन्तर्गत् मुद्दा दर्ता भइ अदालतबाट पक्राउ आदेश जारी भएकाले उनलाई नियन्त्रणमा लिइएको उनले बताए ।

शाहीलाई समात्न खोज्दा अवरोध पुर्‍याउने दुई महिला र ६ पुरुषलाईसमेत प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

उक्त घटनामा प्रहरी निरीक्षक निरञ्जन घिमिरे, प्रहरी हवल्दार प्रकाश बुढा, प्रहरीजवान जीतबहादुर बोहोरा, हस्त सिंह, रामसागर वर्मा र पवन सुवेदी घाइते भएको प्रहरीले बताएको छ । रासस