१४ जेष्ठ २०८१, सोमबार | Mon May 27 2024


पाठ्यक्रममा नारायणमान बिजुक्छेंको जीवनी


0
Shares

भक्तपुर, असार ३० । भक्तपुर नगरपालिकाभित्रका विद्यालय पुग्नुभयो भने तपाईका लागि ६ कक्षामा भइरहेको पढाइले ध्यान तान्नेछ ।

भक्तपुरमै जन्मिएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंको व्यक्तित्वबारे कक्षा ६ का विद्यार्थी सिकिरहेका हुनेछन् ।

तत्काल पुग्नुभयो भने शिक्षकसँग पाठ्यपुस्तक हुनेछैन । भक्तपुर नगरपालिकाको फ्रेममा राखेर दिएको बिजुक्छेंको तस्बिर देखाएर विद्यार्थीहरु बिजुक्छेंलाई चिन्दै हुनेछन् । 

अलि पछि चाहिं पाठ्यपुस्तकमै उनको जीवन पढ्न पाइने छ । जीवनी लेखनकै चरणमै रहेकाले अहिले बिजुक्छेंसहित भक्तपुरका विभिन्न विधाका १५ ब्यक्तित्व स्थानीय पाठ्यक्रमका सिकाइका विषय बनेका छन् । सबैको तस्विर भक्तपुरका ९२ वटै विद्यालयमा पुगिसकेको छ ।

भक्तपुरका विद्यालयमा बिजुक्छेंसहित राष्ट्रिय छवि बनाएका नेतादेखि स्थानीय तहमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तिलाई भक्तपुर नगरपालिकाले पाठ्यक्रममा समेटेको छ । राजधानी दैनिकबाट