सरकारले भारतीय मिडियाबारे राजनीतिक र कानुनी उपचार खोज्ने • Image Khabar Image Khabar


सरकारले भारतीय मिडियाबारे राजनीतिक र कानुनी उपचार खोज्ने


Imagekhabar
२५ असार २०७७, बिहीबार १८:४२

finance minister dr khatiwada minister kp oli

काठमाडौं, असार २५ । नेपालको विषयमा भ्रामक समाचार सम्प्रेषण गर्ने भारतीय सञ्चारमाध्यममाथि राजनीतिक र कानूनी उपचार खोज्ने सरकारले जनाएको छ ।

भारतीय सञ्चारमाध्यममा आएका समाचारको सरकारले भर्त्सना गर्ने भन्दै सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार डा. युवराज खतिवडाले त्यसबारेमा कानूनी उपाय पनि खोजिने बताउनुभयो ।

सञ्चार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा पत्रकारहरुसँग उहाँले भन्नुभयो, ‘सञ्चारमाध्यमहरु, चाहे नेपालका हुन् वा विदेशी, सबैले स्वच्छ, स्वस्थ र पारदर्शी ढंगले समाचार सम्प्रेषण गर्नुपर्छ भन्ने मान्यता हाम्रो छ । दुर्भावना फैलाउने, चरित्र हत्या गर्ने, मानमर्दन गर्ने समाचार तथा विश्लेषणको सरकार भर्त्सना गर्छ । सरकारले मिडियालाई प्रतिबन्ध लगाउनुभन्दा आफू अनुशासनमा बसोस् भन्ने चाहेको छ । कूटनीतिक माध्यमको पनि परिचालन गर्नुपर्ने हुन्छ ।’

उहाँले थप्नुभयो, ‘हाम्रो राष्ट्र, राष्ट्रियता र नेपालीहरुको स्वाभिमानमा आँच पुर्‍याउने समाचार सम्प्रेषण नगर्न हामी स्वदेशी र विदेशी सबै मिडियालाई आग्रह गर्छौं । यसको पछाडि कानूनी उपचार खोज्नुपर्ने कुराहरु पनि हुन्छन् । राजनीतिक र कानूनी दुबै उपचार खोज्नुपर्ने हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्