२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पूर्वसभामुख रानाभाटलाई मातृशोक


0
Shares

प्रदिप पौडेल

पोखरा । पूर्व सभामूख एवं नेपाली कांग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाटलाई मातृशोक परेको छ । रानाभाटकी आमा खिमकुमारी रानाभाटको मंगलबार बिहान सय वर्षको उमेरमा पोखरा २६ आफ्नै निवासमा निधन भएको हो ।

रानाभाटका पिता नारायणदत्त प्रजातन्त्र सेनानी हुन् । खिमकुमारी लामो समयदेखि बिरामी भएकै कारण पूर्व सभामुख रानाभाट घरमै आमाको सुसारमा खटिएका थिए । खिमकुमारीको जन्म विसं १९७७ असोजमा विजयादशमीका दिन भएको हो ।

पञ्चायतको विरोधमा नारायणदत्त उत्रेपछि तत्कालीन सरकारले उनको परिवारको सर्वस्वहरण गरेको थियो । रानाभाट परिवारले त्यतिबेलै कठोर यातनासमेत खेप्नु परेको थियो । खिमकुमारीका तारानाथ, खिलेन्द्र, देवेन्द्र र सुरेन्द्र गरी ४ छोरा र खिमादेवी र शोभाकुमारी गरी २ छोरी छन् ।

खिमकुमारीको आजै दिउँसो २ बजेपछि निवासबाट शवयात्रासहित रामघाटमा अन्तेष्टि गरिने भएको छ