काठमाडौं, असार २३ । चीनमा राष्ट्रपतिको आलोचना गरेको भन्ने निहुँमा प्राध्यापकलाई हिरासतमा लिइएको छ ।
कोरोना भाइरसका सन्दर्भमा राष्ट्रपति सी चिनफिङको आलोचना गरेको आरोपमा प्राध्यापक शू झान ग्रुनलाई नियन्त्रणमा लिइएको हो ।
सोमबार बिहान राजधानी बेइजिङस्थित घरमा आएका २० जना मानिसले ग्रुनको कम्प्युटर र केही दस्तावेज लिएर गएको पनि उहाँका साथिहरुले जनाएका छन् ।
यसअघि पनि कोरोना महामारीमा सरकारी रवैयाको आलोचना गर्दै लेख लेखेको भन्दै उहाँलाई घरमै नजरबन्द गरिएको थियो ।
प्रोफेसर ग्रुन उनै व्यक्ति हुन् जसले यसअघि एउटा व्यक्ति कतिपटकसम्म राष्ट्रपति बन्नसक्छ भनेर प्रश्न उठाउनुभएको थियो । यो प्रश्न गरेपछि उहाँलाई सिन्ह्वा विश्वविद्यालयमा पढाउन नै रोक लगाइएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्