स्याङजा । स्याङ्जाका एघारवटै स्थानीय तहमा निर्माण गरीएका ग्रामीण सडक आसपासका घर पहिरोको जोखिममा पर्न थालेका छन् । सडक खन्न सुरुवात गरे पनि समयमै पूरा नहुँदा सडक आसपासका घरहरु जोखिममा पर्न थालेका हुन् ।
सडक खन्दा गल्याङ– ९ चितडाँडाका एक दर्जन घर पहिरोको जोखिममा परेका छन् । करादी– उमाकोट सडक बेलैमा निर्माण सम्पन्न नहुँदा सडकले जोखिम बढाएको छ । अत्याधिक पानी परेपछि सडक माथिबाट पहिरो खस्न थालेको छ ।
गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले उच्च जोखिमा रहेका घर बचाउँन त्रिपाल वितरण गरेको बताउनुभयो । सडक खन्दा माथिबाट गएको पहिरोको कारण केहिदिन अघि एक जनाको मृत्युसमेत भएको थियो ।
गल्याङ साङलियाका ४९ वर्षिय यामबहादुर विकको घर पछाडीबाट आएको पहिरोले विकको मृत्यु भएको थियो भने उनकी श्रीमती फूलमाया विक घाइते भएकी थिइन्
प्रतिक्रिया दिनुहोस्