कैलाली । सुदूरपश्चिमका विभिन्न अस्पताल र क्वारेन्टिनबाट ९ सय ४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले ९ सय ४ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिनुभयो ।
एक दिन अगाडि मात्र २ सय ४२ जना कोरोना संक्रमित डिस्चार्ज भएका थिए । बैतडीबाट २ सय १७ जना, अछामबाट १५ र बझाङबाट १० जनालाई डिस्चार्ज गरिएको हो । सामाजिक विकास मन्त्रालयले अहिलेसम्म सबैभन्दा बढि बैतडीका २ सय ५२, डडेल्धुराका १ सय ८८ ,डोटीका १ सय ५७, कञ्चनपुरका १ सय २ र कैलालीका ९६ जना संक्रमितलाई अस्पताल र क्वारेन्टिनबाट डिस्चार्ज गरिएको छ ।
सुदूरपश्चिमका १ सय एक जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने झण्डै २ हजार नौँ सय संक्रमति भने क्वारेन्टिन र घरमै रहेका छन्। सुदूरपश्चिममा ८ जना संक्रमितको मृत्यु भईसकेको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङख्या तीन हजार ६ सय ९१ पुगेको छ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्