काठमाडौं । अघिल्लो सातादेखि लाखौंको संख्यामा नेपाल भित्रिएपछि बाली जोगाउन गार्हो हुने भन्दै चिन्ता बढाउने सलह घट्दै गएको छन् ।
मौसम अनुकूल नहुँदा केही जिल्लामा सलह मरेको जानकारी प्राप्त भएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । सलह चिसो ठाउँमा बाँच्न सक्दैन । ‘२२ डिग्रीभन्दा तलको तापक्रममा बाँच्दैन, केन्द्र प्रमुख सहदेवप्रसाद हुमागाईंले भने, ‘बागलुङको उतर क्षेत्रमा सबैभन्दा बढी सलह मरेको पाइएको छ ।’
कालीकोट, मुस्ताङलगायत जिल्लामा पनि सलह कीरा मरेर झरेको केन्द्रले जनाएको छ । यीबाहेक अन्य जिल्लामा पनि सलह मरेको सूचना प्राप्त भएकाने हुमागाईले बताए । केन्द्रका अनुसार समुद्र सतहबाट १६ सयदेखि १८ सय मिटर उचाइसम्म उड्न सक्ने सलह हावाको चापसँगैं छरिएर हिमाली क्षेत्रसम्म पुगेका थिए ।
हावाको वहावसँगैं हिमाली जिल्लामा पुगे पनि तापक्रम र वातावरण अनुकूल नहुँदा धेरै मरेको केन्द्रको अनुमान छ । सलह प्राय गर्मी ठाउँमा हुन्छ । घाम लाग्दा यसले कृषि बालीमा बढी क्षति पुर्याउँछ । नेपालमा मनसुन सबिmय हुँदा प्रायः क्षेत्रमा पानी परिरहेको छ । आजको कान्तिपुर दैनिकबाट ।










प्रतिक्रिया दिनुहोस्