प्युठान । डिभिजन वन कार्यालय प्यूठानले गरिवीको रेखा मुनि रहेका उपभोक्ताका लागिे विभिन्न फलफूल र विरुवाका बेर्ना वितरण गरेको छ । जिल्लामा रहेका कबुलियती वनका उपभोक्ता र निजी क्षेत्रमा व्यवसायिक काम गर्न चाहनेहरुका लागि वन कार्यालयले बेर्ना वितरण गरेको हो ।
गरिबीको रेखामुनी रहेका उपभोक्ताको आयश्रोत वृद्धि गर्न भन्दै डिभिजन वन कार्यालय प्यूठानले निःशुल्क विरुवा वितरण गरेको हो । कार्यालयले निःशुल्क रुपमा कवुलियती वनका उपभोक्तालाई ३३ हजार कागतीका विरुवा र २५ हजार विभिन्न प्रजातीका अन्य विरुवाहरु वितरण गरेको हो ।
जिल्लाभर १ सय ८४ कवुलियती वन रहेका छन् । कबुलियती वन, सामुदायिक वन र व्यक्तिगत क्षेत्रमा लगाउन सकिने गरी कार्यालयले २५ हजार किम्वु, टिमुर र दालचिनीका विरुवा पनि निःशुल्क वितरण गरेको छ ।
प्रतिक्रिया दिनुहोस्