अमेरिकाको राष्ट्रपति पदमा र्‍यापर गायक कान्ये वेष्टले ट्रम्पलाई दिँदै चुनौती • Image Khabar Image Khabar


अमेरिकाको राष्ट्रपति पदमा र्‍यापर गायक कान्ये वेष्टले ट्रम्पलाई दिँदै चुनौती


Imagekhabar
२१ असार २०७७, आईतवार २१:०३

अमेरिकाको राष्ट्रपति पदमा र्‍यापर गायक कान्ये वेष्टले ट्रम्पलाई दिँदै चुनौती

एजेन्सी, असार २१ । अमेरिकाको राष्ट्रपति पदमा र्‍यापर गायक कान्ये वेष्टले उम्मेदवारी दिने बताएका छन् ।

आफू सन् २०२० को अमेरिकी राष्ट्रपति पदका लागि दौडमा रहेको चर्चित र्‍यापर कान्ये वेष्टले जानकारी दिएका हुन् ।

आफूले प्रशंसा गर्ने व्यक्ति डोनाल्ड ट्रम्पविरुद्ध नै आफ्नो उम्मेदवारी हुने भएको पनि उनले उल्लेख गरे ।

उनको उम्मेदवारीलाई उनकी सेलिब्रेटी श्रीमती किम कार्दशियन वेष्ट र उद्यमी एलोन मस्कले समर्थन गरेका छन् ।

अमेरिकाको राष्ट्रपति पदमा र्‍यापर गायक कान्ये वेष्टले ट्रम्पलाई दिँदै चुनौती

आफू संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदका लागि दौडमा रहेको सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिँदै उनले भने अमेरिकीसमक्ष दिएका बाचाहरु पूरा गर्ने समय आएको बताएका छन् ।

भगवानप्रति भरोसा गर्दै हाम्रा लक्ष्यहरुलाई एक गर्दै सुन्दर भविष्यको निर्माणमा एकत्रित हुने समय आएको पनि उनको भनाइ छ ।

अमेरिकाको राष्ट्रपति पदमा र्‍यापर गायक कान्ये वेष्टले ट्रम्पलाई दिँदै चुनौती

कान्ये के साच्चिकै राष्ट्रपति पदका लागि मैदानमा उत्रने छन् भन्नेमा भने धेरैले आशंका गरेका छन् । ह्वाइटहाउसका लागि आफ्नो दावी रहेको उनले यो पहिलो पटक भनेका होइनन् ।

सन् २०१५ को एमटीभी म्युजिक अवार्डमै उनले २०२० का लागि राष्ट्रपति पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

अमेरिकाको राष्ट्रपति पदमा र्‍यापर गायक कान्ये वेष्टले ट्रम्पलाई दिँदै चुनौती

र्‍यापर गायक कान्ये वेष्टले अमेरिकी राष्ट्रपति पदमा चुनाव जितेमा उनकी सेलिब्रेटी पत्नी किम कार्दशियन भने पहिलो महिला बन्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्