रक्सीको नशामा मलाई आफ्नै बाबुले पटक पटक बलात्कार गरेः बलात्कृत किशोरीको वेदना • Image Khabar Image Khabar


रक्सीको नशामा मलाई आफ्नै बाबुले पटक पटक बलात्कार गरेः बलात्कृत किशोरीको वेदना


Imagekhabar
२१ असार २०७७, आईतवार १३:३९

रक्सीको नशामा मलाई आफ्नै बाबुले पटक पटक बलात्कार गरेः बलात्कृत किशोरीको वेदना

काठमाडौं । २०७२ असारको महिना थियो । घरभन्दा टाढा हामीले खेत कमाएका थियौं । त्यो दिन रोपाई गर्न गएका हामी राति त्यही गोठमा सुत्यौं । आमा बिमारी भएकाले बुबा र म मात्रै गएका थियौं ।

म एकातिर भुईमा सुते । बुबा अर्कोतिरको भूईमा सुत्ने ओछ्यान लगाइएको थियो । म त सुतिसकेको थिए । बुबाले राति अत्याधिक मदिरा सेवन गरेपछि म भएको ठाउँमा आई मलाई च्याप्प समात्नुभयो । म चल्नै सकिन त्यसपछि उहाँले मेरो सुरुवाल खोलेर मलाई जबरजस्ती गर्नुभयो ।

म भर्खर १३ वर्षकी मात्रै थिए । म राति रोए कराए । गोठ एकान्त स्थानमा भएकाले कसैले सुनेनन् । म रातभरि सुत्न सकिन । रुदाँरुदैं उज्यालो भयो । त्यसपछि म बुबासँग एक महिना बोलिन । एक महिनापछि बुबाले मैले गोठमा मातेको सुरमा तलाई केही गरे हो रु भन्नुभयो । मैले तपाईले मलाई जबरजस्ती गर्नुभयो भने । बुबाले सरी म मातेको सुरमा केके गरें अबबाट त्यस्तो हुँदैन, कसैलाई नभन्नु भनेर माफी माग्नुभयो । मैले आफ्नै बाउ भनेर कसैलाई नभनी बसें ।

फेरि साउनमा पनि बुबाले रक्सी खाएर आएर म माथि जबरजस्ती गर्नुभयो । गोठमा दुई तीन पटक त्यस्तो गरेपछि हामी माथि घरमा गयौं । ममी बिमारी भएर काठमाडौं जानुभएको थियो । ममी घर आएकाले अब त बुबाले त्यसो गर्नुहुन्न भन्ने सोचेको थिए । ममी कतै गएको समयमा यसैगरी ललाइ फकाई पल्टाएर जबरजस्ती गर्नुहुन्थ्यो ।

ममी लडेर डाढ भाँचिएर, टाउकोमा चोट लागेर मानसिक अवस्था कमजोर थियो । मैले उजुरी गरे बुबापनि जेल जानुहुन्छ घरको अवस्था यस्तो छ भनेर चुप लागेर बसेको थिए । म बुबासँग नबोली नबोली तर्केर बस्थे । एसईई परीक्षा हुनुभन्दा पहिला सबै साथि होस्टल बसेर पढ्ने भए । म पनि होस्टल जान्छु भन्दा बुबाले जानै दिनुभएन । पछि मैले आफ्नो कर बलले होस्टल गए ।

एसईई राम्रो नम्बर ल्याएर पास भएपछि म यही बुबाबाट कति बलात्कृत भएर बस्नु भनेर काठमाडौं गएर पढ्छु भने । बुबाले पठाउन मान्नुभएन । म भागेर आएर ठूली ममीकोमा बसेर पढ्न थाले । काठमाडौं आउँदा पनि बुबाले मलाई पटक पटक बलात्कार गर्नुभयो । म काठमाडौं भागेर पढ्न गएपछि ममीले बुबाले केही गरेको हो भनेर शंका गर्नुभएछ ।

लकडाउन हुने हल्लासँगै म घर गए । घरमा म बुबासँग बोल्दिनथे । नरपिचास जस्तो लाग्थ्यो । तर ममीको अस्वस्थ्ताका कारण म चुप थिए ।

गत जेठको २/३ गतेतिर बुबा किचनमा रक्सी खाएर आउनुभयो । म काम गर्दै थिएँ । उहाँले आएर त मसँग किन बोल्दिनस् भनेर च्याप्प समातेर मेरो गालामा टोक्नुभयो । त्यसको डाम बसेको थियो । सोही समयमा ममी आएर के भएको भनेर सोध्नुभएको थियो । मैले बुबाको डरले केही भन्नै सकिन ।

जेठ ११ गते म आफ्नो कोठामा टिभी हेरिरहेको थिए । बुबा आएर भित्रबाट चुक्कुल लगाउनुभयो । तैले नानाथरी किन गरेकी । टिकटकमा मैले केही भिडियो बनाएको थिए । त्यो उहाँलाई मन परेको रहेनछ । त्यसपछि कुटपिट गर्नुभयो र मलाई बलात्कार गर्नुभयो । मेरो मोबाइल पनि फुटाइदिनुभयो ।

मैले यो सहन सकिन अनि मैले आमालाई रुदै सबै कुरा भनेँ । आमाले कुरा सुन्नासाथ उजुरी गर्न प्रहरीकोमा जानुभयो । अहिले मेरो बुबा जेलमा हुनुहुन्छ । म आफूलाई यस्तो बहादुर आमा पाएकोमा निकै भाग्यमानी ठान्छु । अनि नरपिचास बुबा पाएकोमा दुःखी पनि ।

सबै दिदी बहिनीले हिम्मत गर्नुस् । अन्याय नसहनुस् । मैले सहँदा सहँदा पाँच वर्ष अत्याचार सहें । बुबाबाट बलात्कृत भइरहे । आफ्नो घर परिवार भनेर । तर सबैभन्दा पहिला आफू नै बाँच्नुपर्ने रहेछ । मलाई त्यो बुद्धि पहिला नै आएन । म डराए सायद । अहिले म ठीक छु । खुशी छु ।
(पीडितको गोपनियताका लागि परिचय गोप्य राखिएको छ ।)

प्रतिक्रिया दिनुहोस्