Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


माइजोगमाई पुगेर कांग्रेस नेता खड्का बाँडे स्वास्थ्य सामाग्री, सतर्कता अपनाउन सुझाव


26
Shares

काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को विषम परिस्थितिमा अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मीका लागि कांग्रेस नेता तथा समाजसेवी डम्बर खड्काले स्वास्थ्य सामाग्री वितरण गर्नुभएको छ ।

नेपाली काँग्रेस माईजोगमाइ गाँउपालिका कार्यसमिति मार्फत स्वस्थ्य सामग्री शनिबारउपलब्ध गराउनु भएको हो । उहाँले पिपिइ सेट सर्जिकल माक्स, हेल्मेट गगल्स, ग्लोव्स लगायतका सामाग्री उपलब्ध गराउनु भएको हो ।

माइजोगमाई गाँउपालिकाका नेपाली कांग्रेस सभापति मदन भण्डारी, वडा सभापतिहरु अग्नी घिमिरे, राजेश देवान, मोहन वस्नेत, बलबहादुर खड्का साथै पुर्व क्षेत्रीय सभापतिद्वय भिष्म प्रधान ,रमेसश सुवेदी, जिल्ला सदस्य हुकुम थेवे, तरूण दल जिल्ला सदस्य गोपाल चौहानलगायत पार्टीका कार्यकर्ताहरूको उपस्थितिमा सामाग्री वितरण गर्नु भएको हो ।

उक्त सामग्री वितरण कार्यक्रममा बोल्दै खडकाले यो विषम परिस्थितिलाई कोही कसैले पनि हेलचेक्राइँ नगरी सतर्कता अपनाउनु नै एक ठूलो उपाय भएको बताउनु भयो ।

एक फरक प्रसंगमा उहाले अब कांग्रेस पार्टीलाई गाउँ स्तरबाटै संगठनात्मक रूपमा बलियो बनाएर लैजानु पर्नेमा जोड दिनुभयो ।

यसका लागि कार्यकर्ताहरू एक जुट हुनपर्ने आवश्यक्ता रहेको बताउनु भएको छ। कार्यक्रममा देशको समसामयिक राजनीतिक विषयमाथि प्रमुख प्रतिपक्षी दलले खेल्नुपर्ने भुमिकाका विषयमा पनि आन्तरिक छलफल भएको थियो ।

समाजसेवी खड्काले लकडाउनको समयमा पचास लाख भन्दा बढिको राहत सामाग्री वितरण गर्नु भएको छ ।

Skip This