२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


उदयपुरमा ३ करोड २१ लाखको लागतमा कोरोना अस्पताल


0
Shares

केदार कटुवाल/ईमेज

उदयपुर । उदयपुरमा सुबिधा सम्पन्न कोभिड–१९ कोरोना बिशेष अस्पताल बन्ने भएको छ ।

प्राकृतिकरुपमा मनोरम मानिएको, तीनतर्फ खोलाले घेरिएको चौदण्डीगढी नगरपालिका–६ मदन भण्डारी लोकमार्ग द्धारखोला नजिक सातधारेमा निर्माणाधिन सशस्त्र प्रहरी बेश क्याम्प परिसरमा अस्पताल बन्न लागेको हो ।

अस्पतालमा आवश्यक स्वास्थ्य सामाग्री, उपकरण, दक्ष चिकित्सक अक्ससिजन, रेगुलेटर, आईसियु, भेन्टिलेटर, प्राबिधिक आवाससहित ४० शैयाको हुने नगरप्रमुख खगेन्द्र राइले बताए ।

स्वीस सरकारको १ करोड ५० लाख अनुदान र उदयपुर बिकास बोर्ड मार्फत आठैवटा स्थानिय सरकारको १ करोड ७१ सहित ३ करोड २१ लाखको लागत ९० दिन भित्र अस्पताल निर्माणकार्य सम्पन्न हुने प्रमुख रार्इले बताए ।

चौदण्डीगढी नगरपालिकाले शसस्त्र प्रहरी बेस क्याम्पका लागि निर्माण गरिएको ५ वटा भवन कोभिड–१९ बिशेष अस्पतालको लागि उपलब्ध गराएसंगै २५ शैयाको अस्पताल संचालनमा छ ।

अस्पतालले उदयपुरको अलवा खोटाङ, ओखलढुङ्गा, सोलुखम्बु , भोजपुर र सप्तरी समेतलाइ सेवा दिने उदयपुर स्वास्थ्य कार्यालयका प्रमुख म‍ोहन सुबेदीले बताए ।

कोभिड–१९ अस्पताल बेलटारमा एकजना नगरपालिका जनप्रतिनिधि, ८ जना महिला सहित २३ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यलय उदयपुरका प्रमुख सुबेदीले जानकारी दिए ।