
काठमाडौं, असार १९ । फ्रान्सका प्रधानमन्त्री एडुवार्ड फिलिपले पदबाट राजीनामा दिनुभएको छ ।
प्रधानमन्त्री एडुवार्डले राष्ट्रपति इम्यानुअल म्याक्रोँसमक्ष राजीनामा दिएकोमा राष्ट्रपतिले उहाँको राजीनामा स्वीकृत गरी नयाँ मन्त्रीमण्डल गठन गर्ने बताउनुभएको छ ।
एडुवार्डको राजीनामा के कति कारणले आयो भन्ने यकिन नभए पनि कोरोना महामारीका बेला ठोस योजना ल्याउन नसकेको र राष्ट्रपति म्याक्रोँले आफ्नो कार्यकालको अन्तिम दुई वर्षको लागि अघि सारेको योजनाको कारण राजीनामा आएको आँकलन गरिएको छ ।
राजीनामा दिए पनि नयाँ सरकार नबनुञ्जेलसम्म यही सरकारलाई नै निरन्तरा दिइने राष्ट्रपतिको म्यकौंको भनाई छ । यद्यपि राष्ट्रपतिले छिटै नै नयाँ सरकार बनाउन विश्वास लिइएको छ ।
यता राष्ट्रपति म्याक्रोँ अबको २१ महिनापछि हुने राष्ट्रपतीय निर्वाचनमा आफ्नो जित सुनिश्चित गर्न चाहे तापनि केही समयअघि भएको नगरस्तरीय निर्वाचनमा भने उनको पार्टीले पराजयको सामना गरिसकेको छ ।
फ्रान्समा राष्ट्रपति म्याका्र्रें भन्दा प्रधानमन्त्री एडुवार्ड नै लोकप्रिया मानिनुहुन्छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्