१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


अमेरिकामा २४ घण्टामा ५२ हजार संक्रमित फेला


0
Shares

काठमाडौं । अमेरिकामा विगत २४ घण्टामा ५२ हजार संक्रमित फेला परेका छन् । जुन हालसम्मकै सर्वाधिक हो । जोन हप्किन्स युनिभर्सिटीका अनुसार अमेरिकामा हालसम्म २७ लाख भन्दा बढी कोरोना संक्रमित फेला परेका छन् ।

जुन बिश्वभरकै सबैभन्दा उच्च संख्या हो । अमेरिकमा हाल १ लाख ३० हजार ब्यक्तिको ज्यान गईसकेको छ । अमेरिकामा राष्ट्रपतिय चुनाव नजिकिएसंगै राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी र्‍यालीहरु धमाधम हुन थालेपछी भीडभाड पनि बढ्न थालेको छ भने अमेरिकाका बिभिन्न शहर रेष्टुराहरु पनि खुल्न थालेका छन् ।

अमेरिकी बिशेषज्ञहरुका अनुसार लापरवाहीका कारण यो स्थिती निम्तिएको र यो नियन्त्रण भन्दा बाहिर गइसकेको छ । अमेरिकामा पछिल्लो समय कोरानाको महामारी तीब्र गतीमा अघि बढिरहेका छ ।

कोरोना महामारी फैलिएको देशको सूचीमा अमेरिका एक नम्बरमा रहेको छ भने ब्राजिल र भारतमा पनि संक्रमितको संख्या बढ्दै गइरहेको छ । बिश्व स्वास्थ्य संगठनका अनुसार बिश्वमा हालसम्म कोरोनाका कारण १ करोड ८० लाख भन्दा वढी रहेको छ । एजेन्सी