३ श्रावण २०८२, शनिबार | Sun Jul 20 2025


सिन्धुपाल्चोकमा थप तीन जनामा कोरोना संक्रमण


0
Shares

काठमाडौं । सिन्धुपाल्चोकमा ११ महिनाको बालिकासहित तीन जनामा कोरोना संक्रमण देखिएको छ । इन्द्रावती गाउँपालिकाका २६ र २३ वर्षीय पुरुष र ११ महिनाको बालिकामा कोरोना संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईले पुष्टि गरे ।

दुईजना पुरुष असार ७ गते स्याङजाबाट सिन्धुपाल्चोक आएर क्वारेन्टाइनमा बसेका थिए । उनीहरु इन्द्रावतीको भीमेश्वर माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका थिए । ११ महिनाकी बालिका भने आफ्ना आमा बुबासँगैं असार ९ गते आएकी थिइन् । उनी इन्द्रावतीको ढोटार आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेकी थिइन् ।

उनीहरुको असार १५ गते स्वाब संकलन गरि परीक्षणका लागि टेकु प्रयोगशाला पठाइएको थियो । आज आएको रिपोर्टमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । यो सँगै सिन्धुपाल्चोकमा ३५ जनामा कोरोना संक्रमण देखिएको छ ।