कोरोना प्रभावित दलित समूदायलाई विभेद गरे कारवाही हुन्छ : मन्त्री गुरुङ • Image Khabar Image Khabar


कोरोना प्रभावित दलित समूदायलाई विभेद गरे कारवाही हुन्छ : मन्त्री गुरुङ


Imagekhabar
१८ असार २०७७, बिहीबार ०९:५५

कोरोना प्रभावित दलित समूदायलाई विभेद गरे कारवाही हुन्छ : मन्त्री गुरुङ

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले कोरोना भाइरस पीडित दलित समूदायलाई राहत वितरण गर्ने काममा विभेद गर्नेमा कारवाहीको चेतावनी दिनुभएको छ ।

मन्त्री गुरुङले राहत, सुरक्षा सामग्री वितरणलगायतको काममा कहिंकतै विभेद गरिएको सूचना पाए तत्काल आफूलाई जानकारी गराउन पनि सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभयो ।

‘एसिया दलित अधिकार फोरम’द्धारा बुधबार ललितपुरमा आयोजित ‘अर्चुअल’ बैठकमा बोल्दै उहाँले कोरोना भाइरसको महामारीबाट पीडितलाई राहत दिने, सुरक्षालगायतका सामग्रीहरुको व्यवस्थापनगर्ने काममा विभेद नहोस् भन्नेमा सरकार सचेत रहेको पनि स्पष्ट पार्नुभयो । ‘कहिंकतै त्यस्तो विभेद गरेको प्रमाणित भए सरकारले कडा कारवाही गर्ने’ मन्त्री गुरुङको प्रतिवद्धता छ ।

मन्त्री गुरुङले दलित मुक्ती आन्दोलनलाई सफल बनाउन सामाजिक अभियान नै संचालन गर्नुपर्ने भन्दै त्यसमा साथ दिनपनि सम्बन्धित सबैपक्षलाई आह्वान गर्नुभयो ।

उहाँले दलितहरुलाई सामाजिक, आर्थिक उत्पीडनबाट मुक्त गराउन सरकारले ‘उद्यमशीलता र उत्पादन’ को काममा सहभागी गराउने नीति तथा कार्यक्रम अघिबढाएको पनि स्मरण गराउनुभयो । दलितहरुलाई विभेद हुनबाट जोगाउन शिक्षा, चेतना र सोचमा परिवर्तन गर्नुपर्ने मन्त्री गुरुङको निष्कर्ष छ ।

बैठकमा दलित अधिकारकर्मीहरुले कोरोना भाइरसबाट पीडित दलितहरुमाथि राहत वितरणमा समेत विभेद हुने गरेको गुनासो गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्