२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


अष्ट्रेलियाको सैन्य बजेट बढ्यो


0
Shares

काठमाडौं, असार १७ । अष्ट्रेलियाले अमेरिका र चीनबीच बढ्दो तनावका कारण सैन्य खर्च वृद्धि गर्ने जनाएको छ ।

दुई शक्तिशाली देशबीच तनाव बढ्दै गएपछि इण्डो प्रशान्त क्षेत्रमा हुने गतिविधिका लागि अष्ट्रेलियाले उक्त रकम खर्च गर्ने जनाएको छ ।

प्रधानमन्त्री स्कट मोरिसनले सैन्य गतिविधि र हतियार खरिदका लागि सरकारले यस वर्षको बजेट बढाउने बताउनुभयो ।

लामो दुरीका मिसाइल आक्रमण र भविष्यमा हुन सक्ने सम्भावित द्वन्द्व न्युनिकरणका लागि उक्त बजेट खर्च गर्न लागिएको बीबीसीले उल्लेख गरेको छ । (एजेन्सी)