किसानले टिन ठटाएरै लखेट्न थाले सलह किरा • Image Khabar Image Khabar


किसानले टिन ठटाएरै लखेट्न थाले सलह किरा


Imagekhabar
१७ असार २०७७, बुधबार ०९:४४

किसानले टिन ठटाएरै लखेट्न थाले सलह किरा

सिन्धुली । सिन्धुलीको विभिन्न ठाउँमा चार दिन अघि देखापरेको सलह किरालाई किसानले टिन ठटाएरै लखेट्न थालेका छन् ।

झुण्ड रुपमा देखा परेको सलह किरालाई किसानले टिन ठटाएर र धुँवा बालेर लखेट्न थालेका हुन् ।

सलह किरा नियन्त्रणको उपाय बारे प्राविधिकसंग सम्पर्क गरी टिन ठटाउने, धुँवाको मुस्लो बनाउने र ठूलो आवाज विधि प्रयोग गरी सलह किरा लखेट्न किसानहरु सफल भएका छन् ।

टिन ठटाउदा ८० प्रतिशत किरा भाग्ने र बाँकी किरालाई बिभिन्न विधिबाट लखेट्न थालिएको हो ।

सिन्धुलीको कमलामाई नगरपालिकाले भने सलह किरा जम्मा पारी ल्याउनेलाई प्रतिकिलो ३० रुपैया दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्