काठमाडौं कपनको अर्गानिक फार्म हाउसमा रोपाईं • Image Khabar Image Khabar


काठमाडौं कपनको अर्गानिक फार्म हाउसमा रोपाईं


Imagekhabar
१६ असार २०७७, मंगलवार १०:१३

काठमाडौं कपनको अर्गानिक फार्म हाउसमा रोपाईं

काठमाडौं । किसानहरुले काठमाडौंका धेरैजस्तो स्थानहरुमा धान रोपाइँ सुरु गरेका छन् ।

उन्नत जातको धानको बीउको प्रयोग बढाउन सके थोरै जमिनमा पनि धान उत्पादन गर्न सकिने भन्दै वाँझो जमिनमा किसानहरुले रोपाई अधियाँमा लागेका छन् । काठमाडौको कपनस्थित अर्गानिक फार्म हाउसले केही जमिन धान रोपाइँका लागि छुट्टाएको छ ।

यस बर्ष समयमै पानी परेकाले हर्दिनाथ हाइब्रिड जातको उन्नत धान लगाएर थोरै रोपेर धेरै आम्दानी गर्ने किसानहरुले बताएका छन् । आत्म निर्भर हुने उपाय कृषि भएकाले कृषिलाई प्राथमिकता राख्नपर्ने किसानहरुको भनाई छ ।

वढ्दो शहरीकरणले उपत्यकामा खेती गर्ने जमिन कम हुँदै जाँदा कपनमा भने अर्गानिक फार्म हाउस सञ्चालन गरि कृषि कार्य हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्