वीर अस्पतालमा सोल्टीको सरसफाई - Image Khabar
Everest Bank

वीर अस्पतालमा सोल्टीको सरसफाई

काठमाडौं, असार १५ । होटल सोल्टी क्राउन प्लाजा, आईडिया स्टुडियो नेपाल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको साझेदारीमा संयोग नामक सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।

होटललाई क्लिनिकल स्यानिटाईज्ड बनाउने र अस्पताललाई सौन्दर्यपुर्ण क्लिनिकल स्यानिटाईज्ड बनाउने उद्देश्य सहित प्रोजेक्ट संयोग सुरु गरिएको सोल्टी होटलले जनाएको छ ।

प्रोजक्ट अन्र्तगत होटल सोल्टी र आईडिया स्टुडियोका कर्मचारीहरुले वीर अस्पतालको न्युरो वार्डमा सरसफाई गर्दै आईरहेका थिए ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको मान्यता प्राप्त सो तालिममा सहभागी भएका वीर अस्पतालका कर्मचारीलाई आज एक कार्यक्रमबीच प्रमाण पत्र वितरण गरिएको थियो ।

सो अवसरमा वीर अस्पतालका निर्देशक डा केदार सेन्चुरीले कार्यक्रमबाट अस्पतालको वातावरण सुन्दर बनेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्