
उदयपुर, असार १५ । उदयपुरको प्रमुख व्यापारीक केन्द्र चौदण्डी गढी नगरपालिकाको केन्द्र बेलटार असार लागे संगै प्राकृतिक नाका बन्दिको सिकारमा परेको छ ।
उत्तरी चुरेको काखमा रहेको बेलटारलाई पूर्वमा लामा र काली खोला, पश्चिम ज्यामिरे, दक्षिण त्रियुगा नदीले प्राकृतिक नाका बन्दी लगाएको हो ।
हरेक दिनको वर्षासँगै आउने बाढीले हिडडुल र औषधी उपचारमा जान समेत यस क्षेत्रका सर्वसाधारणलाई समस्या भएको छ ।
धरान विराटनगर लगायत मुलुकका विभिन्न स्थानमा जान लामा र काली खोलाले अवरोध पुर्याएको छ ।
यस्तै पश्चिम सदरमुकामसम्म जान ज्यामिरे र दक्षिण त्रियुगा नदीले समस्यामा पारेको छ ।
नदीमा आउने बाढिका कारण प्रसुती, सर्पदंश र दुर्घटना हुँदा अस्पतालसम्म पुग्न झोलुङ्गोमा बोक्नु पर्ने बाध्यता छ ।
खोला र नदीमा समयमै पुल बन्न नसक्दा बर्षेनी समस्या हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्