बलात्कारको आरोपमा सिवाकोटी पक्राउ • Image Khabar Image Khabar


बलात्कारको आरोपमा सिवाकोटी पक्राउ


Imagekhabar
१५ असार २०७७, सोमबार १५:२३

बलात्कारको आरोपमा सिवाकोटी पक्राउ

काठमाडौं, असार १५ । बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले काठमाडौंको बानियाँटार बस्ने अर्जुन सिवाकोटीलाई पक्राउ गरेको छ ।

सिवाकोटीले छिमेकी दुईजना बालकामाथि यौन शोषण गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो सिवाकोटीले एक वर्षदेखि ज्यान मार्ने धम्की दिँदै एक वर्षदेखि बलात्कार गर्ने गरेको प्रहरीको दावी छ ।

१२ र १४ वर्षका दुई बालिकाको स्वास्थ्यमा समस्या आएपछि अभिभावकले थाहा पाएर किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाका अभिभावकले दिएको किटानी उजुरीका आधारमा सिवाकोटीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बालिकाहरुको स्वास्थ्य परीक्षण गराएर परिवारको जिम्मा लगाइएको छ भने सिवाकोटीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्