भक्तपुरमा एकजना पुरुषको शव फेला • Image Khabar Image Khabar


भक्तपुरमा एकजना पुरुषको शव फेला


Imagekhabar
१५ असार २०७७, सोमबार १५:०७

भक्तपुरमा एकजना पुरुषको शव फेला

काठमाडौं, असार १५ । भक्तपुरको ग हिटी टोलमा रहेको पाटीमा एक जनाको शव फेला परेको छ ।

हत्या गरेर छोपी राखेको अवस्थामा प्रहरीले करिब ४५ वर्षका पुरुषको शव फेला पारेको हो ।

मृतकको अनुहार र चिउँडोमा चोट रहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मृतकसँगै बस्ने सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका ६ का इन्द्र बहादुर तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घटनाको बारेमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्