२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


१५ महिनादेखि ग्राउन्डेड म्याक्स बोइङ बिमान पुनः संचालनमा आउने


0
Shares

काठमाडौं । बिगत १५ महिनादेखि ग्राउन्डेड रहेको म्याक्स बोइङ बिमान ७३७ पुन संचालनमा आउने भएको छ ।

गम्भीर प्राविधिक समस्याका कारण लगातार दुर्घटना भएपछि विश्वव्यापी रुपमा ग्राउण्डेड भएको बोइङ्गको विमान ७३७ म्याक्सले यात्रुहरुलाई पुनः सेवा दिने भएको हो ।

जसका लागि बोइङ्ग ७३७ म्याक्सको सुरक्षा सम्बन्धी परीक्षण धमाधम शुरु भएको छ । नियामक निकायका पाइलट तथा प्राविधिक विज्ञ र कम्पनीले तीन दिने परीक्षण गरेपछी यसको सेवा सुरु हुने बताइएको छ ।

गत वर्ष लगातार दुईवटा दुर्घटनामा ३ सय ४६ जनाको ज्यान गएपछि विमान ग्राउण्डेड भएको थियो ।

बोइङका लागि तीन दिने सुरक्षा परीक्षण महत्वपूर्ण रहेको छ । तर यो परीक्षणमा राम्रो नतिजा आए पनि थप परीक्षणका लागि केही महिना लाग्ने छ ।

लायन एयर र इथियोपियन एयरलाइन्सको विमान दुर्घटनापछि १५ महिनाअघि ७३७ म्याक्स ग्राउण्डेड हुँदा बोइङले ठूलो नोक्सानी ब्यहोर्दै आएको छ ।