२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो, नेपालमा संक्रमित दक्षिण कोरियामा भन्दा बढी


0
Shares

काठमाडौं । बिश्वमा कोरोना भाइरस (कोभिड १९) का कारण मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार यो भाइरसको चपेटामा परी मृत्यु हुनेमा अमेरिकामा १ लाख २५ हजार, ५७ हजार ब्राजिलमा, बेलायतका ४३ हजार, इटलीका ३४ हजार, २९ हजार फ्रान्सका र २८ हजार बढी स्पेनका नागरिक रहेका छन् ।

अमेरिका र केही एशियाली राष्ट्रहरुमा भाइरसको संक्रमण तीब्र गतिमा अघी बढीरहेकोले सावधानी अपनाउन बिश्व स्वास्थ्य संगठनले बिश्व जगतलाई अपील गरेको छ ।

यसैबीच, नेपाल कोरोना संक्रमित हुने राष्ट्रहरुको सूचीमा ६१ औं स्थानमा रहेको छ । नेपालमा संक्रमितको संख्या दक्षिण कोरियामा भन्दा बढी रहेको छ ।

६२ औं स्थानमा रहेको दक्षिण कोरियामा १२ हजार ७ सय १५ जना संक्रमित छन् भने नेपालमा संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।(एजेन्सी)