Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


पूर्वराजा ज्ञानेन्द्रले जन्मदिन नमनाउने, निर्मल निवासभित्रै सामान्य जमघट गर्ने


0
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यो वर्षको जन्मदिन नमनाउने हुनुभएको छ ।

देशभर कोभिड–१९ संक्रमण बढिरहेका अवस्थामा आफ्नो जन्मदिन नमनाउने हुनुभएको हो ।

तर, घर–परिवारमा सामान्य कार्यक्रम गरी मनाउने तयारी गर्नुभएको छ ।

स्रोतका अनुसार निर्मल निवासभित्र रहेका आफ्ना परिवार र केही उच्च तहका कर्मचारीले भने उहाँलार्ई दाम चढाउने कार्यक्रम रहेको छ । यही २३ गते मंगलबार उहाँ ७५ वर्ष पूरा हुनुहुनेछ ।

मुलुक कोरोना संक्रमणबाट आक्रान्त परेको अवस्थामा जनता भेला गरेर जन्मदिन मनाउनु उचित नभएकाले ज्ञानेन्द्रले यो वर्षको जन्मदिन मनाउने कार्यक्रम रद्ध गर्नुभएको हो ।

सरकारले १५ जनभन्दा बढी भेला हुन नहुने र भेला हुँदा करिब दुई मिटरको भौतिक दूरी कायम गर्नुपर्ने उल्लेख गरेको छ ।

यसअघि ज्ञानेन्द्रले निर्मल निवासमा जन्मदिन मनाउँदा सयौं जनताको भीड लाग्ने गरेको थियो ।नेपाल समाचारपत्र दैनिकबाट