Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


पशुपतिका ऐतिहासिक शिवलिंग घरभित्र


0
Shares

काठमाडौं । पशुपति मन्दिरको पश्चिम ढोकाबाट अन्नपूर्ण भण्डारतिर आउँदा बाटोमा एउटा घर छ । लामो कालखण्ड पार हुँदै जाँदा त्यहीं घरभित्र थुनिन पुगेको छ–पशुपति मन्दिरको ऐतिहासिक शिवलिंग ।

थुनिएको शिवलिंग यति महत्वशाली हो, जहाँ पशुपति मन्दिरका मुलभट्टले गर्भगृहमा प्रवेश गर्नुअघि शपथ लिनुपर्छ । पशुपति क्षेत्रमा यस्ता ११ शिवलिंग छन् । जसलाई एकादशरुद्र भनिन्छ ।

शिवका पूजारीले ती एकादशरुद्रलाई साक्षी नराखेसम्म मन्दिरको गर्भगृहमा प्रवेश गर्न पाउँदैनन् । तिनै एकादशरुद्रमध्ये कम्तिमा दुईवटा शिवलिंग ब्यक्तिका घरभित्र थुनिएका छन् ।

अर्को रुद्र भुवनेश्वरी टोलस्थित अर्को घरभित्र थुनिएको पाइएको छ । पशुपतिको मूल मन्दिरदेखि करिब पाँचसय मिटर दुरीमा रहेको उक्त घरमा बेवास्तापूर्ण ढ्रंगले थुनिएको छ मुलभट्टलाई शपथ खुवाउने शिवलिंग । अन्नपूर्ण पोष्ट दैनिकबाट