
काठमाडौं, जेठ ३० । बंगलादेशमा भारी वर्षापछि आएको बाढी र पहिरोमा परेर १४ जनाको मृत्यु भएको छ । २० जना हराइरहेका छन् ।
मुसलधारे बर्षासँगै आएको बाढी र पहिरोमा परेर उनीहरुको मृत्यु भएको हो । बाढी र पहिरोमा परेर मर्नेहरु रोहिंग्या शरणार्थी रहेको बंगलादेशका अधिकारीहरुले जनाएका छन् ।
बंगलादेशको दक्षिण पश्चिमी क्षेत्रमा रहेको कोक्स बजार वर्षाले नराम्ररी प्रभावित भएको छ । त्यहाँका अधिकांश शरणार्थी शिविरलाई बाढीले बगाइदिएको छ ।
राजधानी ढाकाबाट २ सय ९२ किलोमिटर टाढा रहेको यो इलाकामा म्यानमारको रखाइन राज्यबाट विस्थापित १० लाख रोहिंग्या शरणार्थीको बसोबास छ ।
बाढी प्रभावितलाई सुरक्षित स्थानतर्फ सारिएको छ । बेपत्ताहरुको खोजी गर्न सयौं उद्दारकर्मी परिचालन गरिएको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्