
काठमाडौं, असार १४ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो सचिवलयमा थप ९ जनालाई मनोनित गरेको छ । राप्रपाको विधानबमोजिम अध्यक्षत्रयले केन्द्रीय सचिवालय सदस्यमा नौ जनालाई मनोनयन गरेका हुन् ।
मनोनित गरिएका नीलकण्ठ काफ्ले (नवलपुर), भक्तिप्रसाद सिटौला (झापा), भरत रायमाझी र इन्द्र चित्रकार (काठमाडौँ), राजाराम बर्तौला (मकवानपुर), बाबुराम बस्नेत (भोजपुर), रामशरण पाठक (चितवन) भरतप्रसाद पाठक (नुवाकोट) र मीना शाही (ललितपुर) हुनुहुन्छ ।
सचिवालय बैठकले सचिवालयलाई पूर्णता प्रदान गरेकामा अध्यक्षत्रयप्रति आभार व्यक्त गरेको पनि विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्