२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बर्दियामा ‘एमसीसी’विरुद्ध युवाको प्रदर्शन


0
Shares

बर्दिया, असार १४ । बर्दियामा ‘एमसीसी’विरुद्ध युवाहरुले प्रदर्शन गरेका छन् ।

आइतबार बर्दियाको गेरुवा शान्तिबजारमा युवाहरुले एमसीसी नेपालको हितमा नभएको भन्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी युवाहरुले एमसीसी राष्ट्रको हितमा नभएकाले आन्दोलन गर्नुपरेको भन्दै बर्दियामा आन्दोलन निरन्तर जारी राख्ने बताएका छन् ।

एमसीसी सम्झौताको विकास र विस्तारलाई हेर्दा अमेरिका दोस्रो विश्व युद्धपछि सैन्य गठबन्धनसँग जोडिएकाले नेपालमा जस्ताको त्यस्तै लागू गर्न खोज्नु राष्ट्रिय हितविपरीत भएकाले खबरदारी आवश्यक रहेको प्रदर्शनका सहभागीले बताएका छन् ।