युरोपले विदेशी पर्यटकलाई प्रवेश अनुमति दिने, अमेरिकीले भने प्रवेश नपाउने • Image Khabar Image Khabar


युरोपले विदेशी पर्यटकलाई प्रवेश अनुमति दिने, अमेरिकीले भने प्रवेश नपाउने


Imagekhabar
१४ असार २०७७, आईतवार ११:०८

युरोपले विदेशी पर्यटकलाई प्रवेश अनुमति दिने, अमेरिकीले भने प्रवेश नपाउने

काठमाडौं । युरोपले यही जुलाईदेखि विदेशी पर्यटकलाई प्रवेश अनुमति दिने तयारी गरेको छ । कोरोना भाईरसको महामारीपछि रोकिएको पर्यटन उद्योग एवं अन्य कामधन्दालाई गति दिन प्रवेश खोल्न लागिएको हो ।

युरोपियन युनियन (इयु) ले प्रवेश अनुमित दिने संभावित देशहरुकोे सूची तयार पारिरहेका छन् । अमेरीकी यात्रुलाई भने युरोप प्रवेशमा रोक लगाउने तयारी भईरहेको खबर सार्वजनिक भएका छन् । इयुका अधिकारीहरुले जुलाईमा यात्रा खुला गर्दा भ्रमणका लागि स्वीकृति दिइने ‘सुरक्षित’ देशहरुको सूचिमा अमेरिका समावेश छैन ।

अमेरिकासहित ब्राजिल र रुसबाट पनि यात्रा प्रतिबन्ध लगाउने तयारी इयुको छ । यात्राको स्वीकृति पाउने देशको सूचिमा चीन पनि रहेको छ । तर यसका लागि युरोपेली यात्रुलाई पनि चीन भ्रमणको स्वीकृति दिइनु पर्ने शर्त रहेको द न्यूयोर्क टाइम्सले जनाएको छ । यसबारे अन्तिम निर्णय गर्न इयुका २७ देशका प्रतिनिधिको बैठक भोलि बस्दैछ ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्