सन्धिखर्कको विद्यालयद्वारा चौरमा पठन–पाठन सञ्चालन • Image Khabar Image Khabar


सन्धिखर्कको विद्यालयद्वारा चौरमा पठन–पाठन सञ्चालन


Imagekhabar
१३ असार २०७७, शनिबार १६:१९

सन्धिखर्कको विद्यालयद्वारा चौरमा पठन–पाठन सञ्चालन

सागर महत (इमेज)

अर्घाखाँची, असार १३ । अर्घाखाँचीको सन्धिखर्कस्थित पकलेमा रहेको जनता कृष्ण माविले सामाजिक दूरी कायम गरी मास्क र स्यानिटाइजरको प्रयोग गरेर पठन–पाठन सञ्चालन गरेको छ ।

तीन महिनासम्म विद्यालय नखुल्दा विद्यार्थीहरुको स्मरणशक्तिमा ह्रास आएको भन्दै विद्यालयले पठन–पाठन सञ्चालन गरेको हो ।

कक्षा–१ देखि ९ सम्म अध्ययनरत् विद्यार्थीलाई पहिलो चरणमा दिनमा दुईदेखि तीन घन्टा चौरमा सामाजिक दूरी कायम गर्दै पठन–पाठन सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो ।

वर्षा भएको समयमा भने कक्षा सञ्चालन नहुने उहाँले बताउनुभयो ।

नगरपालिकासँग समन्वय गरी जिल्लामा पहिलोपटक आफ्नो वडाबाट पठन–पाठनको सुरुआत गरिएको सन्धिखर्क नगरपालिका–८ का अध्यक्ष ईश्वरीप्रसाद भुसालले जानकारी दिनुभयो ।

ग्रामीण भेगमा बालबालिकाको सिकाइका लागि रेडियो, टेलिभिजन र अनलाइन कायक्रम प्रभावकारी नहुने हुँदा चौरमै पठन–पाठन गराइएको हो ।

प्रतिक्रिया दिनुहोस्