
प्रतीकात्मक ।
चितवन, असार १३ । चितवनमा ट्याक्टरको रोटाभेटरमा परेर शनिबार एकजनाको मृत्यु भएको छ ।
चितवनको खैरहनीस्थित खेतमा धान रोप्नका लागि जोत्दै गरेको अवस्थामा ट्याक्टरको रोटाभेटरमा परेर रिठ्ठे दमाइँको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ना७त ४४८८ नम्बरकोे ट्याक्टरको पछाडि जडान गरिएको रोटाभेटर जोत्ने मेसिनमा परेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले जानकारी दिनुभयो ।
ट्याक्टरचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्