
प्रतीकात्मक तस्वीर ।
उदयपुर, असार १३ । लागुऔषधको कारोबार गरेको आरोप लागेका उदयपुरका राजकुमार चौधरीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । उनी सात वर्षदेखि फरार थिए ।
सात वर्षअघि त्रियुगा नगरपालिका–३ स्थित चौधरीको घरबाट प्रतिबन्धित लागुऔषध १७ सय नाइट्रोजन ट्याब्लेट, पाँच बोतल कोरेक्स र करिब आधा केजी गाँजा प्रहरीले बरामद गरेको थियो ।
आरोपी चौधरी सोही दिनदेखि फरार थिए ।
उनलाई घरमै रहेको सूचनाको आधारमा शनिबार प्रहरीले पक्राउ गरेको हो ।
उनीविरुद्ध लागुऔषध मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्